२०८३ साउन ९ शनिबार

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

ई आर्थिक    बुधबार, कार्तिक २० २०७६
13.4K
Shares
नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गरेका छन् ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेश प्रमुख कलौनीले आज यहाँ कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij