ई–आर्थिक, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, नामक खुलामुखी योजनाका इकाईहरुको कारोवार सुरु भएको छ । बाँडफाँड भएको ३ महिना पश्चात खरिद बिक्री सुरु हुने ब्यवस्था अनुसार आजदेखि देखी यसको कारोवार सुरु भएको हो ।
योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवार बाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद बिक्री गर्न सकिने जनाइएको छ ।
कारोवारको पहिलो दिन लगानीकर्ताहरुबाट बिभिन्न किसिमका जिज्ञासाहरु राख्नुका सथै ब्यवस्थित लगानी योजनाको बारेमा उत्साहपूर्वक जानकारी लिईएको र उक्त दिन २८०० इकाई बिक्री तथा १५०० इकाई पुर्नखरीद भएको जानकारी समेत योजना ब्यवस्थापकले दिएको छ ।