२०८३ साउन ९ शनिबार

इन्डोनेसियामा भूकम्प : २० को मृत्यु, सय बढी घाइते, नेपालमा पनि भुकम्पको धक्का महशुस

ई आर्थिक    शुक्रबार, असोज १० २०७६
4.8K
Shares
इन्डोनेसियामा भूकम्प : २० को मृत्यु, सय बढी घाइते, नेपालमा पनि भुकम्पको धक्का महशुस

एजेन्सी, इन्डोनेसिया : इन्डोनेसियाको मलुकु आइल्याण्डमा भूकम्प जाँदा २० जनाको मृत्यु हुनुका साथै थुप्रै भवन भत्किएका छन् ।

राष्ट्रिय क्षति विभागका प्रवक्ता अगस विबोवोका अनुसार कम्तिमा एक सय घाइते भएका छन् । साथै २ हजार भन्दा धेरैको उद्धार गरिएको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहान पौने ९ बजे ६ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भू्कम्पको क्रममा मानिसहरु भागदौड गर्दा घाइते भएका हुन् । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

नेपालमा पनि भुकम्पको धक्का महशुस

काठमाडौं– नेपालमा पनि भुकम्पको धक्का महशुस गरिएको छ । लमजुङ र गोरखा सीमा क्षेत्रमा केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 भूकम्प गोरखा र आसपासमा महसुस भएको थियो। ०७२ सालको भूकम्पको केन्द्रविन्दु पनि गोरखानै रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij