२०८३ साउन ९ शनिबार

चीनको अर्को चमत्कार ‘तासिङ इन्टरनेसनल एयरपोर्ट’ : जसलाई ‘स्टारफिस’ उपनाम दिइएको छ

ई आर्थिक    बिहिबार, असोज ९ २०७६
6.1K
Shares
चीनको अर्को चमत्कार ‘तासिङ इन्टरनेसनल एयरपोर्ट’ : जसलाई ‘स्टारफिस’ उपनाम दिइएको छ

भौतिक पूर्वाधार र विकास निर्माणमा विश्वलाई चमत्कार देखाउँदै आएको चीनले अर्को चमत्कारलाई विश्वसामु चिनाउने भएको छ । चीनको महत्वकांक्षी परियोजना ‘तासिङ इन्टरनेसनल एयरपोर्ट’ जसलाई ‘स्टारफिस’ उपनाम दिइएको छ । बुधवारदेखि सञ्चालनमा आएको यो एयरपोर्ट विश्वकै चर्चित द ग्रे वाल अफ चाइना जस्तै चमत्कारिक हुने अनुमान लगाइएको छ । चीनको यो सफलतालाई कतिपय अन्तर्राष्ट्रिय मिडियाले ‘ग्रेट वाल’ सँग दाँजेका छन्।

‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो। गार्डियनले हेडलाइन लेखेको छ- द ग्रे वाल अफ चाइना अर्थात् चीनको खैरो पर्खाल।

गार्डियनले भनेको छ- अमेरिकाले २० औँ शताब्दीमा बनाएका सिमेन्टेड भौतिक संरचना चीनले हरेक दुई वर्षमा बनाइरहेको छ।

यो विमानस्थलमा विश्वकै ठूलो एकल भवन टर्मिनल छ। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको यो विमानस्थलको ओपनिङमा चिनियाँ राष्ट्रपति सी चिङफिङ पनि सहभागी भएका छन्।

अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ मानउन लागेको चीनले त्यसअघि यो विमानस्थल सञ्चालनमा ल्याएको छ।

७ लाख वर्ग मिटर क्षेत्रफलमा रहेको यो विमानस्थलमा चारवटा रन वे छन्। सन् २०२५ सम्ममा वार्षिक ७ करोडभन्दा बढी यात्रुलाई सेवा दिने गरी उक्त विमानस्थलको क्षमता विस्तार गरिने गार्डियनले लेखेको छ।

सन् २०४० सम्ममा यहाँ ८ वटा रन वे बन्नेछन् र वर्षमा १० करोड यात्रुलाई सेवा दिइनेछ।

आलोचकहरूले राजधानीमा एउटा विमानस्थल हुँदाहुँदै अर्को विमानस्थल किन चाहियो भनेर प्रश्न गरेको पश्चिमा मिडियाहरूले लेखेका छन्। यो राजधानी पइचिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij