२०८३ साउन ९ शनिबार

सिमेन्ट उत्पादक संघको नेतृत्व गर्ने जिम्मा पुनः थापालाई नै

ई आर्थिक    शुक्रबार, असोज ३ २०७६
9.8K
Shares
सिमेन्ट उत्पादक संघको नेतृत्व गर्ने जिम्मा पुनः थापालाई नै

ई–आर्थिक, काठमाडौं । नेपालका सिमेन्ट उत्पादक कम्पनीहरुको छाता संस्था नेपाल सिमेन्ट उत्पादक संघको नेतृत्व गर्ने जिम्मा पुनः ई. ध्रुब थापाले नै पाएका छन् । संघको साधरणसभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो । संघमा उनले कसमस सिमेन्ट इन्डष्ट्रिजबाट प्रतिनिधित्व गर्छन ।

त्यस्तै त्यस्तै उपाध्यक्षमा अग्नि सिमेन्ट इन्डस्ट्रीज प्रा.लि.का डा. ई. ताराप्रसाद पोखरेल महासचिवमा विशाल सिमेन्टका जयन्द्र चुडाल चुनिएका छन् ।

त्यसैगरी संघको सदस्यमा युनाईटेड सिमेन्ट ईन्डस्ट्रिज प्रा.लि.का विकास दुगड, एमजेपी सिमेन्ट प्रा.लि.का राजेन्द्र भट्टराई, ईन्टरनेशनल सिमेन्ट ईन्डस्ट्रिज प्रा.लि.का राजनकुमार झा, केपी सिमेन्ट ईन्डस्ट्रीज प्रा.लि.का केशवप्रसाद उप्रेती र शिवम सिमेन्ट लि. का सुरेन्द्र गोयल चयन भएका छन् । सबै पदमा निर्विरोध निर्वाचित भएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij