दिमागको प्रत्येक हिस्सा व्यवस्थित रहनु स्वस्थ संज्ञानात्मक क्रिया (कग्निटिभ एक्टिभिटि) सँग सम्बन्धित रहेको छ । सोझो रुपमा भन्नु पर्दा सिक्ने, जान्ने, सोच्न, निर्णय लिने, ध्यान लगाउने तथा सम्झने शक्तिमा चिया पिउने मानिसम बढी देखिएको छ ।
सबै सहभागी सिंगापुरकै थिए । उनीहरुलाई कालो चिया, ग्रीन टी, उलुङ टी वा कफि कति पटक पिउनु हुन्छ भनेर सोधिएको थियो । जो मानिस २५ वर्षसम्म साताको कम्तीमा पनि ४ पटक चियाँ पिउने गरेको देखिएको छ । उनीहरुको दिमाग चिया नपिउनेको तुलनामा धेरै कनेक्टेड थियो । डा. फेङ लीले चिया पिउनाले दिमागको संरचनामा सकारात्मक प्रभाव पर्ने बताएका छन् । एजेन्सी