२०८३ साउन ९ शनिबार

मकिनोको डिलर मिट सम्पन्न

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०७६
14.7K
Shares
मकिनोको डिलर मिट सम्पन्न

ई–आर्थिक, काठमाडौं– मकिनो अटोमोटिभ्सको डिलर मिट सम्पन्न भएको छ । होटल हिमालयमा आयोजित सो डिलर मिटमा काठमाडौं उपत्यकाका डिलरहरुको सहभागिता थियो ।

सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताउदै सबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रुपमा प्रयोग भएको बताए । आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेन समेत उपलब्ध गराउने योजना बनाएको उनले बताए ।

मकिनो अटोमोटिभ्सका सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताए ।

नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी गराउदै आगामी दिनमा अझै गुणस्तरीय पार्ट्स उपलब्ध गराउनका लागि प्रयत्नरत रहने बताए । उनीहरुले यसमा उपलब्ध गराइएको विभिन्न प्रकारको स्किमको वारेमा समेत जानकारी गराए ।

सत्यदीप इन्टरनेसनलले सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको छ । नेपाली बजारमा मकिनोका पेपर क्लच, क्लच एसेम्बली, ब्रेक शु, ब्रेक प्याड आदि लोकप्रिय रहेका छन् । सत्यदीप इन्टरनेसनलले ४ वर्ष देखि नेपाली बजारमा मकिनोका पार्ट्सको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij