ई–आर्थिक, काठमाडौं । डिशहोमले डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिने डिशहोमका सञ्चालक कम्पनी डिश मिडिया नेटवर्कले जानकारी दिएको छ ।
ग्राहकहरुलाई थप सेवा सुविधाका लागि यस्तो व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।
फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ, जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुँदैन ।
३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।
फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरमा उपलव्ध रहेको कम्पनीले जानकारी दिएको छ ।