ई–आर्थिक, काठमाडौं । फर्निचर तथा फर्निसिङ सामग्रीहरुको बृहत प्रर्दशनी सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले एक कार्यक्रमबीच गरेका छन् ।
प्रदर्शनी नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्सको संयोजनमा सुरु भएको हो । सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाई दिन आग्रह गरे। उनले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत भारी छुट दिनुपर्ने बताए।
प्रर्दशनीमा किचन, बेडरुम, बाथरुपका साथै कार्पेट, मार्वललगायतका सामग्रीहरु राखिएका छन्। स्वदेशी तथा विदेशी गरी १ सय २० वटा स्टल रहेको सो प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणका महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको सो प्रर्दशनी ५ दिनसम्म चल्ने भएको छ ।