ई-आर्थिक, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले १० बजेर ३५ मिनेट पछि भने दिनभर टीका लगाउन मिल्ने साइत रहेको जानकारी दिएको छ ।
सोही दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत पनि समितिले जानकारी दिएको छ ।
त्यस्तै घटस्थापनाको साइत १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।