ई–आर्थिक, काठमाडौं । नेपालका २४ बचत तथा ऋण सहकारी संस्थाले एशियाली मापदण्डमा एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।
नेपालका बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय छाता संस्था नेफ्स्कून र एशियाली ऋण महासंघको प्राविधिक सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) मा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत ती संस्थाहरुले एक्सेस ब्राण्ड प्राप्त गरेका हुन् ।
एक्सेस ब्राण्डलाई सहकारीमा गुणस्तर प्रमाणपत्र मानिन्छ ।
ब्राण्ड प्राप्त गर्न सफल २४ साकोसमध्ये ८ वटा साकोसले रजत र १६ वटा साकोसले कास्य स्तर प्राप्त गर्न सफल भएका हुन् ।
एशियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकद्वारा विभिन्न ४ विधा (संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धि) मा कुल ८६ वटा सूचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेको थियो ।
एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६४ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् ।

एक्सेस ब्राण्ड प्राप्त गरेका अवसरमा कतै खुशियाली मनाइएको छ भने केही सहकारीहरुले दिपावली समेत गरेका छन् ।
कुन–कुन बचत तथा ऋण सहकारी (साकोस) ले प्राप्त गरे एक्सेस ब्राण्ड ?
क) रजत स्तर प्राप्त साकोसहरु :
१. विन्धबासिनी साकोस, काभ्रेपलाञ्चोक
२. जनकल्याण साकोस, धादिङ
३. जनसचेतन साकोस, दोलखा
४. जनउत्थान साकोस, रुपन्देही
५. किसानकल्याण साकोस, सुनसरी
६. मनकामना साकोस मोरङ
७. मिलिजुली साकोस, दोलखा
८. सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
ख ) कास्य स्तर प्राप्त साकोसहरु
९. बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
१०. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
११. दाम्राभिटा साकोस, मोरङ
१२. गैंडाकोट स्वाभिमान साकोस, नवलपुर
१३. ग्रामिण साकोस, नवलपरासी
१४. हाम्रो जनकल्याण साकोस, दोलखा
१५. इटहरा साकोस, मोरङ
१६. किसान साकोस, नवलपुर
१७. कोलिय देवदह साकोस, रुपन्देही
१८. महिला साकोस, सुनसरी
१९. परोपकार साकोस, नवलपुर
२०. श्री बाराही साकोस, भक्तपुर
२१. सिद्धिगणेश साकोस, भक्तपुर
२२. सिको साकोस, बर्दिया
२३. उपकार साकोस, भक्तपुर
२४. विकु साकोस, नवलपुर
चित्रबन साकोस पनि एक्सेस कार्यक्रममा सहभागी हुने

यसैबीच चितवनको चित्रबन साकोसले एशियाली ऋण महासघ र नेफ्स्कुनको प्राबिधिक सहयोगमा सञ्चालित एक्सेस कार्यक्रममा सहभागी हुन सम्झौता गरेको छ । संझौतामा नेफ्स्कूनका केन्द्रीय सदस्य शान्ति अधिकारीको उपस्थिति रहेको थियो ।
चितवनमा हाल एक्सेस कार्यक्रममा भरतपुर साकोस, प्रभात दिदिबहिनी साकोस, दीपज्योती साकोस, ग्रामीण साकोस र चित्रबन साकोस गरि ५ वटा सस्था सहभागी छन् ।
