ई–आर्थिक, १८ भदौ, काठमाडौं । सुनको मूल्य आज (बुधवार) प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसअघि मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय पुगेको थियो । यसअघि पनि एक पटक ७३ हजार ५ सय पुगेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँमा कारोबार भएको थियो ।