अफ्रेसिया बैंक ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूका अनुसार यो सूचीमा अमेरिका र भारतका अलावा चीन पनि समावेस छ । चीन दोस्रो स्थानमा रहेको छ । भारतमा २३८ अर्बपति बढ्ने अपेक्षा गरिएको छ । जबकी अमेरिकामा २०२७ सम्ममा ८८४ थप र चीनमा ४४८ अर्बपति बढ्ने अनुमान लगाइएको छ । पुरै विश्वमा हाल २ हजार २३५२ अर्बपति रहेका छन् । आगामी केही वर्षको अवधिमा यसको संख्या ३ हजार ४४४ हुने अपेक्षा गरिएको छ ।
अर्बपतिको सम्पत्तिका आधारमा भारत छैठौ धनी देश भएको छ । यो मुलुकमा अर्बपतिको सम्पत्ति ८२ खर्ब ३० अर्ब डलर रहेको छ । अमेरिकाका अर्बपतिसँग ६२५८४ अर्ब डलरको सम्पत्ति रहेको छ ।