२०८३ साउन ९ शनिबार

सुनको मूल्य फेरि बढ्यो हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय पुग्यो

ई आर्थिक    मंगलबार, भाद्र १० २०७६
6.7K
Shares
सुनको मूल्य फेरि बढ्यो हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय पुग्यो

ई–आर्थिक, काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ । यसैक्रममा आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य सोमबार पुनः बढेर ७३ हजार ५ सय पुगेको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेर नयाँ मूल्य रेकर्ड समेत कायम गरेको छ ।

यो मूल्य नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो । आइतबार पनि नयाँ कीर्तिमान कायम गरेको थियो । उक्त किर्तीमान भंग गर्दै सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान बनाएको हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको व्यवसायीहरुले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि हेर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ३० को आसपास छ। जनु बढ्ने क्रम पनि जारी रहेको छ।

बजारमा सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर ८ सय ६० पुगेको हो ।

अन्य क्षेत्रको लगानीको दृष्टिकोणले विश्व बजारमा सुन सुरक्षित र पभरपर्दो भएकाले पनि सुनका उपभोक्ताहरु सुनमा लगानी गर्न आकर्षित भइरहेको छन् । सुन बजारमा दैनिक बढ्दो मूल्य बृद्धिले लगानीकर्ताहरु समेत मालामाल हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij