२०८३ साउन ९ शनिबार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण : रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राख्न आदेश

ई आर्थिक    मंगलबार, भाद्र ३ २०७६
3.5K
Shares
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण : रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राख्न आदेश

ई–आर्थिक, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत चितवनले लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको आदेश अनुसार उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्नेछ ।

उनीहरु गत हप्ता शुक्रबार पक्राउ परेका थिए । उनीहरुलाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।

उता टिभीका कार्यक्रम प्रस्तोता लामिछानेलाई रिहाईको लागि जनदवाव सिर्जना गर्दै ठूला–ठूला प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij