ई–आर्थिक, काठमाडौं : प्राइम कमर्सियल बैंकले महालक्ष्मी नगरपालिकाको इमाडोलमा स्थापना गरेको शाखा कार्यालयको शुभारम्भ गरेको छ । शाखा संजाल बिस्तारको क्रममा बैंकले सो शाखा विस्तारमा ल्याएको हो । यो शाखा सञ्चालनसँगै बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच बैंकका सञ्चालक प्रा. डा. मंगला श्रेष्ठले शाखा कार्यालयले उद्घाटन गरेका थिए ।
बैंकले आगामी दिनहरुमा पनि शाखाको सञ्जाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका नायव महाप्रबन्धक भाइराजा तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।