२०८३ साउन ९ शनिबार

नेपाल पेरू उद्योग बाणिज्य संघको अध्यक्षमा सन्दिप खेतान

ई आर्थिक    शनिबार, साउन २५ २०७६
8.1K
Shares
नेपाल पेरू उद्योग बाणिज्य संघको अध्यक्षमा सन्दिप खेतान

ई–आर्थिक, काठमाडौं । नेपाल–पेरु उद्योग बाणिज्य संघको अध्यक्षमा सन्दिप खेतान चयन भएका छन् ।
संघको सातौं बार्षिक साधारण सभाले खेतानलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमित कुमार अग्रवालको प्रमुख आतिथ्यतामा समपन्न साधारणसभाले खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको निबर्तमान अध्यक्ष उमङ्ग अग्रवाल रहेका छन ।

संघको सो सभाले उपाध्यक्षमा राकेशकुमार सराबगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्ष अनिल अग्रवाललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा निर्मलराज पौडेल, ललित अग्रवाल र कुञ्ज बिहारी मोर रहेको संघले जानकारी दिएको छ ।
सो कार्यक्रममा बोल्दै नेपालका लागि पेरूका अवैतनिक महाबाणिज्यदुत सुमितकुमार अग्रवालले नेपाल र पेरूबीचको आर्थिक एंव कुटनीतिक सम्बन्ध लाई थप कसिलो र मजबुद बनाउन यस संघको स्थापना गरेको स्मरण गरे ।

संघ स्थापना पश्चात दुई देशबीचको व्यापार अभिवृद्धिका सबालमा थुप्रै कामहरू भएको उनले बताए । अहिले नेपाल र पेरूबीचको व्यापार त्यति धेरै नभएता पनि पेरूबाट भने नेपालमा जिङक र आल्मुनियमको आयात भईरहेको छ ।त्यसलाई हेर्दा हाम्रो ब्यापार घाटा पेरूसंग पनि ९५ प्रतिशतले बढेको उनले बताए । निर्यातलाई बढवा दिन र नेपालको पर्यटन प्रबद्धनमा जोड दिन निकट भविष्यमै विभिन्न कार्यक्रमहरु समेत गर्ने संघले जानकारी दिएको छ ।

‘नेपाली बस्तुहरूको प्रबर्धनमा जोडदिने जस्ता बिषयहरूलाई पेरू उद्योग बाणिज्य संघका पदाधिकारीहरूसंग उच्च प्राथमिकताको आशा राखेका छौं’ अग्रवालले भने– ‘अहिले प्रविधि हस्तान्तरण तथा लगानी प्रबद्र्धनका सवालमा नेपाली उद्योग ब्यबसायीहरुको प्रतिनिधी मण्डल छिटैनै पेरूको अध्ययन तथा अवलोकन भ्रमण निस्कने छ ।’

नेपाल र दक्षिण अमेरिकी मुलुक पेरूबीच आर्थिक एवं ब्यवसायी सम्बन्ध बिस्तार गर्न सन २०१२ मा संघको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij