ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको विशेष साधारणसभाले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
कन्काई विकास बैंकको १ सय कित्ता सेयरबराबर प्राइम कमर्सियल बैंकको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी प्राप्तीको निर्णय गरेको हो ।
प्राइम बैंकले कन्काई विकास बैंकलाई प्राप्तिपश्चात् शाखा संख्या ९४ हुनेछ । बैंकले आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेयरधनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको नि.प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जानकारी दिए ।
प्राइम बैंक विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यावसायिक व्यक्तित्वहरूद्वारा प्रवद्र्धित बैंक हो ।