२०८३ साउन ९ शनिबार

एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

ई आर्थिक    आइतबार, साउन १९ २०७६
8.9K
Shares
एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
१९ साउन २०७६, सिड्नी : अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ।

रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे। अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन्।

अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए। उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन। यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए।

अमेरिका शुक्रबार आईएनएफ सन्धिबाट पछि हटेको थियो। उक्त सन्धि रूसले नमानेको आरोप अमेरिकाको छ। उक्त सन्धिलाई लिएर अमेरिका र रूसबीच विवाद छ। सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाचोभबीच उक्त सन्धि भएको थियो।

सन्धिबाट फिर्ता भएपछि मध्यम स्तरका क्षेप्यास्त्र प्रयोग गर्न अमेरिका स्वतन्त्र भएको छ। हाल चीनसँग भएका अधिकांश हतियार मध्यम स्तरका मार हान्ने क्षमताका क्षेप्यास्त्र छन्। आईएनएफ सन्धिमा हस्ताक्षर नगरेकाले चीनले यस्ता क्षेप्यास्त्र विकास गर्दै आएको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij