२०८३ साउन ९ शनिबार

सुमेरु अस्पतालको मृगौला प्रत्यारोपणमा नयाँ फड्को, सरकारी दरमै मिर्गौला प्रत्यारोपण गर्ने घोषणा

ई आर्थिक    शनिबार, साउन १८ २०७६
13.9K
Shares
सुमेरु अस्पतालको मृगौला प्रत्यारोपणमा नयाँ फड्को, सरकारी दरमै मिर्गौला प्रत्यारोपण गर्ने घोषणा

ई–आर्थिक, काठमाडौं । मिर्गौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान , भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित आठ अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गर्दछ । साथै सरकारले डायोलासिस सेवाका लागि रू. एक लाख दिने गर्दछ ।

ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका गतिविधिबारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले भन्नुभयो, ‘सरकारी शुल्कमा यस अस्पतालले मिर्गौला प्रत्यारोपण गर्छ ।’

मिर्गौला रोग विशेषज्ञ प्रा. डा. ऋषिकुमार काफ्लेसहित प्रा. डा. ऋषिकुमार काफ्ले, डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी, डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सञ्जीव आचार्यसहित डा. महालक्ष्मी देउजा र डा. अनिल ओझा प्रत्यारोपण कार्यमा संलग्न हुनुहुन्छ ।

हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय शैया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् ।

बल्ड ग्रुप म्याचिङ नहुने बिरामीको मिर्र्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको उक्त अस्पतालले अन्तरराष्ट्रियस्तरको सुविधा सम्पन्न २०० श्ययाको मिर्गौला अस्पतालका साथै सबै प्रदेशमा मिर्गौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजनामा रहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले मिर्गौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij