बहुचर्चित १२ सय मेगावाटको यो आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने विषयमा लामो समयदेखि बहस र विवाद छ ।
बूढीगण्डकी आयोजनाको थप आवश्यक अध्ययन, मुआब्जा निर्धारणका साथै पुनर्वास, पुनस्र्थापनालगायतका काम अघि बढाउनका लागि मन्त्रालयभित्रै बूढीगण्डकी आयोजना खडा गरेर अघि बढ्न प्रस्ताव गरिएको हो । गत असोजमा मन्त्रिपरिषद्ले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी) लाई इन्जिनियरिङ, प्रक्युरमेण्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स (ईपीसीएफ) मोडेलमा वार्ता गरी आयोजना अघि बढाउने निर्णय गरे पनि हालसम्म उपयुक्त मोडेल बनिसकेको छैन ।
चिनियाँ कम्पनीसँगको छलफलले अन्तिम रूप नपाएको तथा थप गर्नुपर्ने काम समेत हुन नसकेपछि मन्त्रालयकै तर्फबाट बूढीगण्डकीका लागि फोकस पर्सन तोकिएका दीलिप सडौलाले मन्त्रालयभित्रै आयोजना खडा गरेर अघि बढ्न प्रस्तावसहितको प्रतिवेदन तयार गरेका हुन् । बाँकी मुआब्जा निर्धारण, पुनर्वास तथा पुनस्र्थापनाको सम्भाव्यता अध्ययन, तल्लो तटीय फाइदाको अध्ययन लगायतका काम गरी बूढीगण्डकी आयोजना अघि बढाउनका लागि प्रस्ताव तयार गरिएको उनले जानकारी दिए । “बूढीगण्डकीलाई मन्त्रालयभित्रैको आयोजनाको रूपमा अघि बढाउन प्रस्ताव तयार गरेर ऊर्जासचिवसमक्ष प्रतिवेदन बुझाइएको छ,” उनले भने, “आयोजना निर्माणको काम अघि बढाउनका लागि प्रस्ताव तयार भएको छ, यसपछि आयोजनाको मोडालिटी अध्ययन लगायतका काम पनि अघि बढ्छन् ।”
कारोबारबाट