ई–आर्थिक, काठमाडौं । तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई सरकारले तीन अर्ब निकासा गरेको छ ।
उक्त बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाले जानकारी दिएको छ ।
विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो। सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।
प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि संस्थाले बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरीद गर्ने सम्झौता भइसकेको छ ।
यी बस खरिद भइसके पछि सरकारी स्वामित्वबाट सञ्चालित यातायातले सर्वसाधारणलाई राहत हुने विश्वास सरकारले लिएको छ ।