२०८३ साउन ११ सोमबार

भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

ई आर्थिक    शनिबार, असार २८ २०७६
7.8K
Shares
भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

मदन ठाकुर, शनिबार, २८ असार २०७६, राैतहट- भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले  तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई लक्षित गरी करिब २५ फिट  अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत  सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले  तत्काल केमिकलकाे प्रयाेग मर्मत गरेकाे हुन्।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएपछि उनीहरूले यस्ताे कदम चालेका हुन्। दुई दिन देखि थुनिएको पानी फेरि गाैर सदरमुकामतिर फर्किन सुरू गरेकाे छ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij