ई–आर्थिक, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईईको परीक्षाफल सार्वजनिक गरेको छ।
परीषा नियन्त्रण कार्यलयको आज बिहीबार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको हो ।
आज दिउँसो बोर्डद्वारा प्रकाशित नतिजा अनुसार १६ हजार ८ सय ८२ ले ए प्लस ल्याएका छन् । त्यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन् भने ७४ हजार ११० ले बी जीपीए ल्याएका छन्।
६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन् । ९७ हजार २९९ ले सी प्लस ल्याए। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जना छन् ।
४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । नाएको छ। चार हजार ४२९ जनाले डी जीपीए ल्याएका छन्। कुनै पनि ग्रेड नल्याउने ८ हजार २ सय ७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन्।
एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।
नायिका करिष्मा मानन्धरको ‘बी प्लस’ शान्ता चौधरीको ‘बी’

नायिका करिश्मा मानन्धरले एसईईमा ‘बी प्लस’ ग्रेड पाएकी छिन् भने उनको ३ जीपीए रहेको छ । ‘बी प्लस’ रिजल्टले आफु खुसी भएको उनले प्रतिक्रिया दिइन् ।
त्यस्तै एमाले नेतृ समेत रहेकी शान्ता चौधरीले ‘बी ग्रेड’ पाएकी छिन् । उनको जीपीए २.६५ रहेको छ ।
करिष्माले व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने योजना रहेको बताइन ।
त्यस्तै चौधरीले पनि उच्च शिक्षा अध्ययन गर्ने योजना रहेको छ ।