ई–आर्थिक, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा प्रकाशनको सम्पूर्ण तयारी पुरा गरेको छ । अन्तिम बोर्ड बैठक पछि संभवत आज (बिहीबार) नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।
यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो । नतिजा प्रकाशन सम्बन्धि आज बिहीबार दिउँसो १ बजे बैठक डाकिएको उपनियन्त्रक शर्माले जानकारी दिए ।
बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
नतिजा हेर्ने तरिका
