११ असार, काठमाडौं । गलबन्दी गीतको संगितको विषयलाई लिएर भएको विवाद किराना लागेको छ । ४ बुँदे सहमतिमा गर्दै शम्भु राई र प्रकाश सपुतले विवादलाई टुंग्याएका हुन । दुबै पक्षवीच प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयममा भएको छलफल सहमति भएको हो ।
सहमति अनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने भएको छ । प्रकाश सपुत भने छ भने पुनः संगीत सिर्जनाको रूपमा नाम समावेश हुनेछ ।
युट्युव बाहेक विभिन्न माध्यमममा प्रकाशन गरिने उक्त गितमा समेत शम्भु राईको नामलाई अनिवार्य समावेश गर्ने गरी सहमति भएको हो ।
हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा भने प्रकाश सुपतकै अधिकार रहनेछ । यो विषयमा भने शम्भु रार्इले केही लचकता अपनाएका छन् । उनले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।
यो सहमतिसँगै संसदमा समेत प्रवेश भएको यो विवादले किनारा लागेको छ ।