२०८३ साउन ११ सोमबार

बालुवाटारको जग्गा खरिद विक्री काण्डमा संलग्न ८६ जनालाई वयानका लागि अख्तियारले बोलायो (सबैको नाम सहित)

ई आर्थिक    बुधबार, असार ११ २०७६
5.1K
Shares
बालुवाटारको जग्गा खरिद विक्री काण्डमा संलग्न ८६ जनालाई वयानका लागि अख्तियारले बोलायो (सबैको नाम सहित)

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको छ ।

अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका हरुलाई वयानका लागि बोलाएको हो ।

वयानका लागि बोलाइएकामा यो प्रकरणका मूख्य योजनाकार शोभाकान्त ढकाल सहित रामप्रसाद सुवेदीका परिवार, भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवार रहेका छन् । त्यसैगरी ललिता निवासको सरकारी जग्गामा अनाधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको हो ।

ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा अझै पनि २८ रोपनी जग्गा छ । देशका पहुँचवाल राजनीतिज्ञ र देशका प्रतिष्ठित व्यापारीहरू जोडिएको यो काण्ड पछिल्लो समयको बहुचर्चित र ठूलो काण्ड हो ।

सबैको ध्यान र चासो भएको यो काण्ड कसरी र कुन अवस्थामा गएर टुंगिने भन्ने प्रतिक्षाको विषय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij