२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको कार्डमार्फत् मोबाइल फोन किन्दा छुट

ई आर्थिक    मंगलबार, असार १० २०७६
4.7K
Shares
एन आई सी एशिया बैंकको कार्डमार्फत् मोबाइल फोन किन्दा छुट

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम् ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएको छ । यो योजना असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा प्राप्त गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij