ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई साधारण सेयर जारी गर्न अनुमति दिएको छ । आँधीखोला र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्न अनुमति पाएका हुन् । ती दुई संस्थाले ५ करोड ३२ लाखको साधारण सेयर जारी गर्नेछन् ।
नेपाल धितोपत्र बोर्डले घोडीघोडालाई भने १ करोड ३२ लाख ६० हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने अनुमति दिएको छ । त्यसैगरी आँधीखोलालाई ४ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
आँधीखोलाले ४० प्रतिशत प्राथमिक सेयर निष्काशन गरेसँगै चुक्ता पुँजी १० करोड रुपैयाँ पु¥याउनेछ भने घोडीघोडाले ४८ साधारण सेयर निष्काशन गरेसँगै चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
आँधीखोलाले प्राथमिक सेयर निष्कासनका लागि गरेको क्रेडिट रेटिङअनुसार ‘इक्रा एनपी आईपीओ ग्रेड चार’ प्राप्त
गरेको छ ।
दुई वर्षअघि स्थापना गरी सञ्चालनमा आएको यो लघुवित्तले १० वटा जिल्लामा १९ वटा शाखामार्फत सेवा विस्तार गरिरहेको छ ।