ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले १७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका–१९ सन्हैठा चोक, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका रेगिल, पर्साकोे पर्सागढी नगरपालिका–१ मनवा बजार, पर्वतको मोदीगाउँपालिका–७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका जर्गाहा, संखुवासभाको चैनपुर लोहाकोट, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाको वीरकोट रहेको छ ।
त्यसैगरी, गुल्मीको रेसुगा नगरपालिका पराल्मी, मोरगको बेलबारी नगरपालिका चाँदनीचोक एवं बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चोक, तनहुँको देवघाट गाउँपालिका देवघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकाको हडियाबजार, तनहुँको व्यास नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिकाको भालुमारे, चितवनकै कालिका नगरपालिकाको शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिकाको चोरकाटेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी १७ वटै शाखारहित बैंकिङ सेवा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा उद्घाटन भएको हो । थप १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १५५ पुगेको छ ।
बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगन्जस्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।
बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउन्टर एवं राजस्व संकलन काउन्टर, १४८ एटीएम तथा १५५ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर चीन सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँ सम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अस्टे«लिया, बेलायत र भारतमा सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, यूएई, बहराइन, जोर्डन, बेलायत, भारतलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महŒवपूर्ण योगदान पु¥याउँदै आएको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।