२०८३ साउन ९ शनिबार

कन्चनपुर र रामेछापको छुट्टाछुट्टै दुर्घटना, पाँचको मृत्यु, दुई दर्जनको हाराहारीमा घाईते

ई आर्थिक    शुक्रबार, जेष्ठ ३१ २०७६
4.6K
Shares
कन्चनपुर र रामेछापको छुट्टाछुट्टै दुर्घटना, पाँचको मृत्यु, दुई दर्जनको हाराहारीमा घाईते

ई–आर्थिक, काठमाडौं : कन्चनपुर र रामेछापमा भएको छुट्टा छुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा विभत्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान सात बजेतिर से १ त ७३३ नंको जेसिबीले मे १ घ ७६३ नंम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो ।
मृतक मध्ये बझाङको देहमाण्डौंका २८ वर्षीय किसन बोहराको पहिचान खुलेको र बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भारत पठाइएको बुझिएको छ । घाईते बाँकी चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

स्वास्थ्य टोली सवार बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु १५ जना घाईते

त्यसैगरी स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १५ जना घाइते छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको थिए । घाइते सबैको पहिचान खुल्न सकेको छैन ।

चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए ।

बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij