ई–आर्थिक, काठमाडौं । सरकारले आउने असार १ गते देखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको छ । बसभाडामा १० देखि १२ प्रतिशतसम्म वृद्धि विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको हो ।
प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धि गरिएको विभागले जानकारी दिएको छ । सामान्यतयाः पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुने समयमा भाडा बृद्धि हुने गरेको थियो । तर पेट्रोलियम पदार्थको मूल्य घटिरहेको अवस्थामा किन र के कारणले मूल्य बृद्धि भयो भन्ने बारेमा विभागले प्रष्ट पारेको छैन् ।
विना कुनै कारण चौतर्फी मूल्य बृद्धि भइरहेको अवस्थामा हुन लागेकोे सार्वजानिक यातायातको मूल्य बृद्धिले सर्वसाधारण मर्महात हुने निश्चित देखिएको छ । विभागको यो निर्णयलाई लिएर सरकारले समेत चौतर्फी आलोचना हुने अनुमान लगाइएको छ ।