२०८३ साउन ९ शनिबार

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरजकुमार श्रेष्ठ

ई आर्थिक    सोमबार, जेष्ठ २७ २०७६
5.7K
Shares
सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरजकुमार श्रेष्ठ

ई–आर्थिक, काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको ३१७ औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनलाई असार २ देखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने श्रेष्ठ तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा इस्वी सम्वत् १९८९ बाट सेवा प्रारम्भ गर्नु भई करिब १३ वर्षको कार्यानुभव लिएका, एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा करिब ३ वर्ष जिम्मेवारी सम्हालेका, तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एसिया बैंक) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव छ ।

ग्लोबल आईएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा र सोपश्चात् माछापुच्छ«े बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेको कार्यानुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij