ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
ललितपुरको लगनखेलमा रहेको ललितपुर फाइनान्स ‘ग’ वर्गको वित्तीय संस्था हो । सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ ।
नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको प्राइम बैंकले जानकारी दिएको छ ।