ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । प्रतिलिटर एक रुपैँया घटाएर पेट्रोलको मूल्य ११० कायम गरिएको छ ।
‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य समायोजन गरेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।
डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।