२०८३ साउन ९ शनिबार

एलआईसी नेपालको नायब सीईओमा टी बर्णवाल

ई आर्थिक    सोमबार, जेष्ठ २० २०७६
12.8K
Shares
एलआईसी नेपालको नायब सीईओमा टी बर्णवाल

ई–आर्थिक, काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा रुपमा टी बर्णवाललाई नियुक्त गरेको छ ।

अभिजित घोष दस्तिदार आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

बिकम (अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।

उनले एलआईसी अफ इन्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्य गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij