२०८३ साउन ९ शनिबार

गणतन्त्र दिवसमा सर्वधारणलाई प्रवेश निषेध ! यस्तो देखियो गणतन्त्र दिवसमा (तस्विरसहित)

ई आर्थिक    बुधबार, जेष्ठ १५ २०७६
7.6K
Shares
गणतन्त्र दिवसमा सर्वधारणलाई प्रवेश निषेध ! यस्तो देखियो गणतन्त्र दिवसमा (तस्विरसहित)

काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली बाह्रौ गणतन्त्र दिवस मूल समारोह समितिले बुधबार बिहान टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै । तस्वीर : रासस

काठमाडौं। सरकारले बुधबार भव्यरुपमा गणतन्त्र दिवस मनायो। बुधबार विहानै सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष समारोह आयोजना गरी १२ औं गणतन्त्र दिवस मनाएको हो। मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवसमा राष्ट्रपति,  प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, चारवटै सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

केन्द्रीय सरकारले आयोजना गरेको विशेष समारोहमा सर्वधारणलाई भने प्रवेश निषेध गरिएको थियो। सैनिक मञ्चमा विशिष्ट व्यक्तिहरुको उपस्थिति भएपनि सर्वसाधारण जनतालाई भने प्रवेश गर्न दिइएन। सैनिक मञ्चमा प्रवेष निषेधमात्रै होइन, सैनिकमञ्च पछाडि सर्वसाधारण आवात जावत गर्ने बाटोसमेत बन्द गरिएको थियो। सर्वसधारणलाई निषेध गरिएको गणतन्त्र दिवस मनाइकोप्रति सर्वधारणले भने आक्रोश व्यक्त गरेका छन्।

‘हजारौं जनताले वलिदानी दिएर ल्याएको गणतन्त्रमा नेताहरुले जनताप्रति विश्वास गरेको देखिएन,’ सैनिक मञ्च नजिकै भेटिएकी प्रनीता रिजालले भनिन्, ‘सर्वधारणलाई निषेध गरेर मनाइएको गणतन्त्र दिवसको सान्र्दभिकता हुन्छ जस्तो लाग्दैन।’

उनले गणतन्त्रको उपयोग गरिरहेका सीमित मानिस सहभागी भएर गणतन्त्र दिवस मनाउनुले सरकारको जनताप्रतिको नियत प्रष्ट भएको टिप्पणी गरिन्।

‘हजारौं मानिस अट्ने सैनिक मञ्चमा सर्वसाधारणकालागि पनि प्रवेशको व्यवस्था गर्दा गणतन्त्रप्रति जनताको विश्वास झन बढ्थ्यो,’ रत्नपार्कको पुलबाट गणतन्त्र दिवसको गतिविधि नियाली रहेका विवेक महर्जनले भने, ‘जनताले लडेर ल्याएको व्यवस्थामा पनि जनतालाई वञ्चित गर्नु शोभनीय काम होइन।’

सरकारले सैनिक मञ्चमा गणतन्त्र दिवस मनाइ रहँदा केही सर्वधारण भने सैनिक मञ्चको बारबाट गणतन्त्र दिवसको झाँकी नियाली रहेका थिए। ‘गणतन्त्र ल्याउन हाम्रो पुस्ताले ठूलो मूल्य चुकाएको छ, सात दलको आन्दोलनमा युवाको सहभागिता नभएको यति सजिलै गणतन्त्र दिवस आउने थिएन,’ गोविन्द मरासिनीले भने, ‘गणतन्त्र आएको ११ वर्ष पूरा भइसक्दासमेत जनताले यो व्यवस्थाको अनुभूति गर्न नपाउने दुर्भाग्यपूर्ण हो।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij