ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पु¥याउने क्रममा बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त शाखाको शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहका विच उद्घाटन गरेका थिए ।
उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । साथै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको उनले बताए ।
बैंकको यो चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको बैंकका चिफ बिजनेश अफिसर मनिराम पोखरेलले बताए ।
