२०८३ साउन ९ शनिबार

जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ परे रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मी

ई आर्थिक    बिहिबार, जेष्ठ ९ २०७६
5K
Shares
जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ परे रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मी

ई–आर्थिक, चितवन : चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सो घटना पछि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।

सो हुलदंगा र आगजनीका क्रममा असई कल्पना खड्का घाइते भएकी थिइन । हुलदंगापछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा रेग्मीलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको चितवनका प्रहरीले जानकारी दिएको छ । अध्यक्ष रेग्मीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

आफूलाई पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका रेग्मीलाई कार्यालय परिसरबाटै पक्राउ परेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुन अनुसार प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij