२०८३ साउन ९ शनिबार

प्रहरीको गोली लागि घाइते भएको विप्लव कार्यकर्ता घिमिरेको निधन

ई आर्थिक    बुधबार, जेष्ठ ८ २०७६
6K
Shares
प्रहरीको गोली लागि घाइते भएको विप्लव कार्यकर्ता घिमिरेको निधन

ई–आर्थिक, काठमाडौं । प्रहरीको गोली लागि घाइते भएका विप्लव कार्यकर्ताको निधन भएको छ ।
प्रहरी र विप्लब कार्यकर्ता बीच हिजो भोजपुरमा गोलि हानाहान हुँदा प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका १ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा उनलाई प्रहरीको गोली लागेको थियो ।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो । मंगलवार साझ पाँच बजे धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । सोही प्रतिष्ठानमा उनको बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हिजो उनालाई नियन्त्रण लिने क्रममा उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर १ थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद गरेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij