ई–आर्थिक, काठमाडौं । नेपाली काँग्रेसले छायाँ सरकार बनाएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारका गतिविधिमाथि निगरानी गर्न छायाँ सरकार बनाएको जानकारी दिएको छ ।
पार्टी सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।
मन्त्रिपरिषद्ले गर्ने कामका विषयमा निगरानी र खबदारी गर्ने छायाँ सरकारको मूख्य काम भएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको भन्दै काँग्रेसले मन्त्रालयगतरुपमा खबदारी र निगरानी गर्न आवश्यक भएको भन्दै छायाँ सरकार गठन गरेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
छाँया सरकार एक नैतिक सरकार मात्र हो। छायाँ सरकारले कुनै कार्यकारी काम भने गर्दैन । तर, छायाँ सरकारका मन्त्रिहरुले वास्ताविक मन्त्रीहरुको कामका विषयमा पार्टीमा छलफल गरी आवश्यक रणनीति बनाउने छ ।
नेपालमा यसरी विपक्षी पार्टीले छायाँ सरकार बनाएको कुनै इतिहास छैन। तर, पनि विपक्षीलाई छायाँ सरकारकै रुपमा हेर्ने मान्यता रहेको छ।
छायाँ सरकारको मन्त्री परिषद्मा को–को ?
१. उर्जा, जलस्रोत तथा सिंचाई
माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
माननीय सत्यनारायण खनाल
माननीय ज्ञानकुमारी छन्त्याल
२. परराष्ट्र मन्त्रालय
माननीय डा. नारायण खड्का, संयोजक
माननीय डा. अमेरश कुमार सिंह
माननीय दिव्यमणी राजभण्डारी
३. अर्थ मन्त्रालय
माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
माननीय मीना पाण्डे
माननीय विनोद कुमार चौधरी
४. गृह मन्त्रालय
माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
माननीय रमेशजंग रायमाझी
माननीय महेन्द्र कुमारी लिम्वू
५. शहरी विकास मन्त्रालय
माननीय उमाकान्त चौधरी, संयोजक
माननीय मीनाक्षी झा
माननीय रामबहादुर विष्ट
६. युवा तथा खेलकूद मन्त्रालय
माननीय किशोर सिंह राठौर, संयोजक
माननीय रंगमति शाही
माननीय दुर्गा प्रसाद उपाध्याय
७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
माननीय विन्दा देवी आले राना
माननीय कर्मा घले
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
माननीय गगन कुमार थापा, संयोजक
माननीय उमेश श्रेष्ठ
माननीय नमिता कुमारी चौधरी
९. खानेपानी मन्त्रालय
माननीय सुजाता परियार, संयोजक
माननीय मिना सुब्बा
माननीय नागेन्द्र कुमार राय
१०. स्वास्थ्य तथा जनसंख्या
माननीय पार्वता डि।सी। चौधरी, संयोजक
माननीय सीताराम महतो
माननीय मोहन आचार्य
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
माननीय देवेन्द्रराज कण्डेल, संयोजक
माननीय प्रकाश स्नेही रसाइली
माननीय प्रमिला राई
१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
माननीय डा. डिला संग्रौला पन्त, संयोजक
माननीय प्रकाश पन्थ
१३. सञ्चार तथा सूचना प्रविधि
माननीय बहादुर सिंह लामा, संयोजक
माननीय सूर्यबहादुर केसी
माननीय विमला नेपाली
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
माननीय लक्ष्मी परियार , संयोजक
माननीय प्रमोद कुमार यादव
माननीय स्मृति नारायण चौधरी
१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
माननीय अतहर कमाल मुसलमान, संयोजक
माननीय तेजुलाल चौधरी
माननीय धन कुमारी खतिवडा
१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
माननीय पद्म नारायण चौधरी, संयोजक
माननीय अनिता देवकोटा
माननीय सरवत आरा खानम हलुवाइनी
१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
माननीय उमा रेग्मी , संयोजक
माननीय लालकाजी गुरुङ्ग
माननीय हिरा गुरुङ्ग
१८. रक्षा मन्त्रालय
माननीय भिसेनदास प्रधान, संयोजक
माननीय अभिषेक प्रताप शाह
१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
माननीय सञ्जय कुमार गौतम, संयोजक
माननीय जीप छिरिङ लामा
माननीय देवप्रसाद तिमिल्सिना
२०. वन तथा वातावरण मन्त्रालय
माननीय राजेन्द्र कुमार के।सी।, संयोजक
माननीय मुक्ता कुमारी यादव
२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
माननीय राधेश्याम अधिकारी, संयोजक