ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लोट समायोजन अनुसार साविक मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ।
हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उनले बताए।
समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमानामा मूल्य पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।