२०८३ साउन ९ शनिबार

विदेशबाट फर्केका युवालाई एनएमबीले १० लाख कर्जा दिने, त्यसका लागि एक अर्ब रुपैयाँ छुट्यायो

ई आर्थिक    सोमबार, बैशाख ३० २०७६
6.8K
Shares
विदेशबाट फर्केका युवालाई एनएमबीले १० लाख कर्जा दिने, त्यसका लागि एक अर्ब रुपैयाँ छुट्यायो

ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यमा एनएमबी बैंकले १० लाखसम्म कर्जा दिने भएको छ ।

त्यसका लागि राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सम्झौता सम्पन्न भएको छ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि, पर्यटन, वन, जडीबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्न सहुलियत कर्जा दिन उक्त सम्झौता गरिएको हो । कार्यक्रममा युवा परिषद्का अध्यक्ष माधव ढुंगेल, एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र रिटर्नीका अध्यक्ष उत्तम अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता बमोजिम वैदेशिक रोजगारीबाट फर्केका युवालाई परिषद्को समन्वय तथा रिटर्नी नेपालको सिफारिसमा बैंकले परियोजना हेरेर अधिकतम १० लाख रुपैयाँसम्म धितो राखी कर्जा प्रवाह गर्ने उल्लेख छ । यस शिर्षकमा हाललाई एक अर्ब रुपैयाँसम्म ऋण प्रवाह गर्ने र माग र आवश्यकताका आधारमा बढाउँदै लैजाने सम्झौतामा उल्लेख गरिएको छ।

एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हाललाई प्रवाह गर्ने एक अर्ब रुपैयाँले एक हजार युवालाई रोजगारमूलक कार्यमा लैजान सकिने जानकारी दिए । अहिले करिब ६० हजार नेपाली श्रम बजारमा रहेको र उनीहरुलाई स्वदेश फर्काउने उद्देश्यले गरिएको यो समझौता कोशेढुङगा सावित हुने उनको भनाई छ । परिषद्का उपाध्यक्ष ढुंगेलले श्रमको मूल्य चिनेर बिदेशबाट फर्किएका युवालाई यो कार्यक्रमले सघाउ पुग्ने आशा व्यक्त गरे। उनले यो सम्झौताले विदेशबाट फर्किएका युवालाई नेपालमै रोक्न सक्ने वातावरण बनाउन खोजेको जानकारी दिए।

एनएमबि बैंक संञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले यो सम्झौतापछि विदेशी भूमिमा नेपाली युवाले पसिना बगाउनु नपर्ने बताए। रिटर्नीका अध्यक्ष अधिकारीले सरकारले १० लाखसम्म ऋणको व्यवस्था ल्याए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै दुखेसो पोखे । अधिकारीले युवालाई सहुलियत कर्जा लिएर सीपको सदुपयोग गर्दे उद्यमशील बन्न आग्रह गरे । कार्यक्रममा उनले परियोजना र सीप परीक्षणका आधारमा सजिलै कर्जा प्रवाह हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij