२०८३ साउन ९ शनिबार

सिभिल बैंकको अध्यक्षमा पुनः ईच्छाराज तामाङ, लगानीकर्तालाई १५ प्रतिशत लाभांस

ई आर्थिक    आइतबार, बैशाख २९ २०७६
7.9K
Shares
सिभिल बैंकको अध्यक्षमा पुनः ईच्छाराज तामाङ, लगानीकर्तालाई १५ प्रतिशत लाभांस

ई–आर्थिक, काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन भएका छन् । बैंकको सातौं र आठौं साधारणसभाले उनी लगायत ६ जनालाई समितिमा चयन गरेको थियो । सोही मध्येबाट तामाङ पुनः अध्यक्षमा चयन भएका हुन् ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुमा इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डेलाई निर्विरोध चयन गरेको थियो । यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ल संचालकमा चयन भएका छन् । उनीहरु आगामी ४ बर्षका लागि निर्विरोध चयन भएका हुन ।

साधारणसभाले सेयरधनीलाई १० दशमलव २५ प्रतिशत बोनस सेयर र ५ दशमलव ०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।

साधारणसभा सम्पन्न भएसँगै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन बैंक सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij