२०८३ साउन ९ शनिबार

सानिमा बैंकबाट बाहिरिए उपेन्द्र महतो

ई आर्थिक    शुक्रबार, बैशाख २७ २०७६
31.7K
Shares
सानिमा बैंकबाट बाहिरिए उपेन्द्र महतो

ई–आर्थिक, काठमाडौं । एनआरएनए उपेन्द्र महतोले सानिमा बैंक छाडेका छन् । महतो सानिमा बैंकका संस्थापक हुन ।
नेपाली बैंकिङ क्षेत्रमा एनआरएनए समुहद्वारा संचालित सानिमा बैंकबाट मुख्य लगानीकर्ता मानिएका उपेन्द्र महतोले आफ्नो सम्पूर्ण सेयर विक्री गरेसँगै बैंकबाट बाहिरिएका हुन । उनी सहित उनको समुह अब यो बैंकबाट अलग भएको छ ।

बैंकमा उपेन्द्र महतोका भाई डा. विरेन्द्र महतोको नाममा सेयर राखिएको थियो । बीरेन्द्र सानिमासँगै माछापुच्छ्रे बैंकमा पनि छन् । हाल उनी माछापुच्छ्रे बैंकका अध्यक्ष समेत छन।

माछापुच्छ«े बैंकमा रहेकै कारण देखाई उनी सानिमाबाट वाहिरिएका हुन । दुर्इवटा बैंकमा रहन नमिल्ने उनीहरूले तर्क पेश गरेका छन् ।

सानिमामा महतोको २७ लाख १८ हजार ८३५ कित्ता सेयर थियो । आइतबारसम्म उनको सम्पूर्ण सेयर निश्कासन हुने छ । प्रतिकित्ता १८० रुपैयाँको दरले सानिमाको संस्थापक सेयरको कारोबार भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij