२०८३ साउन ११ सोमबार

समाजबादी पार्टी नेपालको एकिकरण घोषणा, को–को भए पदाधिकारी ?

ई आर्थिक    सोमबार, बैशाख २३ २०७६
7.8K
Shares
समाजबादी पार्टी नेपालको एकिकरण घोषणा, को–को भए पदाधिकारी ?

ई–आर्थिक, २३ वैशाख, काठमाडौं । एकिकरण भएको समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टीको आज (सोमबार) आयोजित एकता कार्यक्रममा उक्त संख्याको पदाधिकारी घोषणा भएको हो ।

सो कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको नाम घोषणा भएको हो ।

पार्टीको वरिष्ठ नेतामा अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

सो पार्टीको उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् ।

सो पार्टीको महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव रहेका छन् ।

त्यसैगरी पार्टीको उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।

त्यस्तै पार्टीले कोषाध्यक्षको जिम्मेवारी भने विजयकुमार यादवलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij