२०८३ साउन ९ शनिबार

झापा र मोरङमा माछापुच्छ्रेका १४ शाखा रहित बैंकिङ्ग सेवा

ई आर्थिक    शनिबार, बैशाख २१ २०७६
2.4K
Shares
झापा र मोरङमा माछापुच्छ्रेका १४ शाखा रहित बैंकिङ्ग सेवा

ई–आर्थिक, काठमाडौँ । माछापुच्छ्रे बैंकले प्रदेश १ का झापा र मोरङमा गरी १४ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउनका लागि यो अभियान चलाएको बैँकले जानकारी दिएको छ।

पछिल्लोपटक थपिएका १४ शाखा सहित बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९७ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij