ई–आर्थिक, काठमाडौं । यति एअरलाइन्स नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ । यो एयरलाइन्स जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रिनिङ्ग द ब्लू’ भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र अफसेट गर्न सफल भएको हो ।
यति एअरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडीपीद्वारा सञ्चालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुल कार्वन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र अफसेट गर्न योजना बनाएको एअरलाइन्सले जानकारी दिएको छ ।
इन्डिपेन्डेन्ट कार्बन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५ टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो । यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरु द्वारा दश वर्ष भन्दा बढी सम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । कुल जीएचएस उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्स्को उडान सञ्चालन बापत उत्सर्जन गर्दछ ।
सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रति यात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो ।
यति एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा काम गर्दै एटीआर ७२–५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम जीएचजी उत्सर्जन उत्पादन गर्न सफल भएको छ भने जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने निती लिईएको छ । साथसाथै जीएचजी उत्सर्जनलाई कम गर्नका लागि कम्पनीले अपनाएका महत्वपूर्ण रणनितिहरुमा दक्ष उडान संञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरु सुधार्नका लागि विमानस्थल संरचनाहरुको पूर्वधारहरुको सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिने जस्ता महत्वपूर्ण कुराहरु रहेको एअरलाइन्सले जानकारी दिएको छ ।
यति एअरलाइन्स्ले विगतका वर्षहरुमा यति ग्रीन रिफोरेस्टेसन प्रोजेक्ट र एभरेष्ट क्लिन अप क्यापियन जस्ता विभिन्न पर्यावरणीय परियोजनाहरु पनि सञ्चालन गर्दै आइरहेको छ । जसबाट संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी फ्रेमवर्क कन्भन्ेसन युएनएफसीसी अन्तर्गत प्रमाणित कार्वन क्रेडिट खरीद गरी यति एअरलाइन्सले आफ्नो कम्पनीद्वारा उत्पादित जीएचएस उत्सर्जनलाई अफसेट गरेको छ ।
नेपालमा सर्वाधिक ठूलो हवाई सञ्जालद्वारा सेवा सञ्चालन गर्दै आएको यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रुपमा काम गरिरहेको यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले जानकारी दिए । संयूक्त राष्ट्रको दिगो विकास लक्ष्यको बँुदा नं ५ अन्तर्गत लैङ्गिक समानता, नं. १३ जलवायु सम्वन्धी कार्य र नं. १७ साझेदारीका लागि लक्ष्यहरुलाई हरेक अवसरमा सँगै लाने र सहयोग पु¥याउने कार्यमा एअरलाइन्स सदैव प्रतिवद्ध रहेको पनि प्रमुख कार्यकारी अधिकृत राईले बताए ।
‘यति एअरलाइन्स कार्बन न्युट्रल रहन प्रतिबद्ध छ साथै सबैलाई एकजुट भएर आउँदो पिंढीहरुको लागि वातावरण संरक्षण गर्न सबै जना एकताबद्ध भई अगाडि बढ्न हार्दिक आव्हान गर्दछ ।’ राइले भने ।
युएनडीपीका आवासीय प्रतिनिधि ए. आई. आएसानी मेदागांगोडा–लावेले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय कार्वन तटस्थता बारे अवधारणालाई सफलतापूर्वक निर्वाह गरी नेपालको पहिलो कार्वन नेचुरल एअरलाइन्स् हुन सफल यति एअरलाइन्स्लाई बधाई तथा शुभकामना दिए ।
‘निजीक्षेत्रबाट संयुक्त राष्ट्रको दिगो विकास लक्ष्यको उपलब्धिमा कसरी सहयोग गर्न सकिन्छ भन्नका लागि यो एक अनुकरणीय प्रयास हो । नेपाललाई जलवायु परिवर्तनमा पेरिस सम्झौताको प्रतिवद्धता पूरा गर्न सहयोग पु¥याउनको लागि पनि यो एक पहलकदमी हो । हामी आशा गर्दर्छौ कि एअरलाइन्सले आगामी वर्षहरुमा पनि यही बाटो पछ्याई कार्बन नेचुरल रहन र अरुलाई पनि उत्प्रेरित गर्नका लागि राम्रो भूमिका खेल्नेछ ।’ उनले भने ।