ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा सञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरूमा क्यास व्याक तथा डिकाउण्ट अफर सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोÞबैंकमार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम रु. १००० सम्मको क्यासव्याक तथा डिस्काउन्ट प्राप्त गरिने बैंकले जानकारी दिएको छ ।
उक्त योजना अन्र्तगतः दराजमा अनलाइन कार्डबाट झुक्तानी गर्दा, खल्तिमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्ट ई–कमर्सबाट झुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम रु. १००० सम्मको क्यास ब्याकको व्यवस्था गरिएको छ ।
त्यस्तै पोओएस (पोस) बाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको क्यासव्याक योजना रहेको बैंकले जानकारी दिएको छ । त्यस्तै बैंकको मोवाइल बैंकबाट एनटीसी÷एनसेलको रिचार्ज टप अप गर्दा १० प्रतिशत वा उच्चतम रु. १०० सम्मको क्यासव्याकका योजना रहेका छन ।
यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुनेछ बैंकले जानकारी दिएको छ ।
ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल बैंकको यो योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।