२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकका थप तीन नयाँ शाखा, कहाँ–कहाँ खुल्यो शाखा ?

ई आर्थिक    शुक्रबार, बैशाख १३ २०७६
3K
Shares
एन आई सी एशिया बैंकका थप तीन नयाँ शाखा, कहाँ–कहाँ खुल्यो शाखा ?

ई–आर्थिक, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरी थप ३ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोही वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट, चागँुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोही वडाका वडा अध्यक्ष शिवहरि के.सी.बाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट एक समारोहका बिच उद्घाटन सम्पन्न भएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकको भनाई छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij